चितवनमा छोरीमाथि बाबुबाट पटक-पटक बलात्कार, बाबु फरार

News

अ अ अ
चितवन । चितवनमा एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बाबुको बलात्कारको कारण बसेको ३ महिनाको गर्भपतन गराएपछि घटना बाहिर आएको हो । उनीहरू कालिका नगरपालिकामा डेरा गरी बस्थे । नाबालिगको गर्भपतन गराएको मावलीले थाहा पाएका थिए ।

गत पुस १० गते नै चितवन प्रहरीमा बलात्कारको अभियोगमा जाहेरी दर्ता भएपनि बाबु अहिलेसम्म पक्राउ परेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले बाबु फरार रहेको जानकारी दिए । यसै वर्षदेखि विद्यालय आउन थालेकी बालिका सधैँ मलिन अनुहारमा आउने गरेको शिक्षक बताउँछन् ।

७ कक्षामा पढ्दै गरेकी उनको शरीरमा पनि परिवर्तन देखिन थालेको थियो । एक शिक्षकका अनुसार गत पुसमा एक हप्ता विद्यालय नआएपछि सोधपुछ गर्दा उनी पत्थरीको शल्यक्रिया गरी आराम गरिरहेको परिवारका एक सदस्यले जानकारी दिएका थिए । नाबालिक छोरीको पत्थरीको शल्यक्रिया नभई बलात्कारपछि गर्भपतन गराएकोबारे बालिकाकी मामाघरकी हजुरआमाले विद्यालयमा जानकारी गराएपछि विद्यालय परिवारले यो घटना थाहा पाएको थियो ।

कालिका नगरपालिकाकी उपमेयर विमला तामाङले घटना प्रहरीमा पहिल्यै दर्ता भएपनि आफ्नो जानकारीमा आजमात्रै आएको बताइन् । उनले बालिकाको स्वास्थ्य अवस्थाबारे बुझिरहेको र प्रहरीको समन्वयमा बालिकाको उचित संरक्षणको व्यवस्था गर्ने जानकारी दिइन् । प्रहरीलाई जाहेरीमा जानकारी गराए अनुसार उनको बाबुले महिनावारी नभएपछि बालिकालाई भरतपुरमा लगेर गर्भपतन गराएका थिए । कुन अस्पतालमा लगेका हुन् भन्ने खुलेको छैन । नेपाल प्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *