ज्ञानमति हत्या प्रकरणमा नयाँ खुलासाः भोली पल्टसम्म विनितालाई मारेको भ्रममा थिए धिरेन

News

विराटनगर– मोरङको पथरी–शनिश्चरे नगरपालिका–७ लामाटोलीमा एक साताअघि भएको १५ वर्षीया किशोरीको हत्या प्रकरणमा प्रहरीले अनुशन्धान अन्तिम चरणमा पु-याएको छ। हालसम्मको अनुशन्धानले प्रेमीको असावधानीका कारण अन्जानमै सन्जना भन्ने ज्ञानमति थुलुङ राईको ज्यान गएको खुलेको छ।

२१ फागुनको राती करिव सवा १० बजे बारा जितपुर सिमरा निवासी ३६ वर्षीय प्रेमी धिरेन खाँ चौधरीले घाँटी तथा शरीरका अन्य विभिन्न अङ्गमा खुकुरी प्रहार गर्दा ज्ञानमतिको घट्नास्थलमै मृत्यु भएको थियो। खुकुरी प्रहारबाट ज्ञानमतिको गर्धनको आधा भागसम्म काटिएको थियो। दुवै पाता तथा अनुहारमा गरी चार वटा ठूलाठूला चोट थिए भने गालाको भागहरु र कपाल छिनेर भुईँमा खसेको थियो।

त्यसको भोलिपल्टै प्रहरीले धिरेनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट पक्राउ गरेको थियो। उनी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्। धिरेनले प्रहरीलाई दिएको वयानमा यो प्रकरणको पनि नयाँ खुलासा भएको छ। उनले ‘आफु पक्राउ परेपछि मात्रै ज्ञानमति मारिएको थाहा पाएको’ बताएका छन्। त्यसअघिसम्म उनी ज्ञानमतीका दाजु (फूपूका छोरा) विनोद वा उनकी श्रीमती विनितालाई मारेकोमा भ्रममा थिए।

ज्ञानमतिको हत्या भएको थाहा पाएपछि २/३ दिनसम्म ‘म बाट ठूलो गल्ती भयो’ भन्दै उनले पछुतो गरिरहेका थिए। मोरङ प्रहरीका एसपी नवराज कार्कीका अनुसार विनोद, विनिता वा उनीहरुका २ छोराछोरीमध्ये एकलाई मार्ने उद्देश्यले नै धिरेन अघिल्लो दिन बाराबाट पथरी पुगेका थिए। त्यसका पछाडि पनि धिरेनले लामो कहानी सुनाएका छन्।

ज्ञानमतिको स्थायी ठेगाना खोटाङको ऐंसेलुखर्क–६ सल्लेरी हो। ३ वर्षअघि बुवाले आत्महत्या गरेपछि ज्ञानमति पथरी स्थित दिदी (फूपूकी छोरी) विष्णुकुमारी राईको घरमा झरेकी थिईन। दुर्भाग्यवस २८ माघ ०७८ मा विष्णुकुमारीको मृत्यु भयो। त्यसपछि उनी बाध्यताले विनोदको घरमा सरेकी हुन।

विनोद र ज्ञानमति आफनै पटीका सन्तान भने होईनन्। ज्ञानमतीका बुवा र विनोदकी आमाको सौतेनी सम्वन्ध रहेको खुलेको छ। उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिईन। तर, पढाई नाम मात्रको थियो।

अटो चलाउने विनोदकी श्रीमतीले घरमै होटल सञ्चालन गरेकी थिईन। होटल ज्ञानमतिकै भरोसामा चलेको थियो। दाजु भाउजुबाट उनले कहिल्यै राम्रो ब्यवहार पाईनन्। त्यही क्रममा फेसवुक मार्फत धिरेनसँग चिनजान भयो। पुर्वप्रहरी समेत रहेका धिरेनसँग उनी प्रेममा परिन। आफुभन्दा दोब्बर उमेरको भएपनि प्रेममा डुवेकी उनले आफना पीडाहरू धिरेनलाई नै पोख्थिन।

यता, १४ वर्षका छोरा, आमा र श्रीमतीलाई बारामा छोडेर कुवेत हिँडेका धिरेन पनि फर्किएर आएपछि परिवारमा खासै खुसी थिएनन्। उनकी श्रीमती हाल कतारमा छिन्। उनका बुवा कान्छी श्रीमतीसँग मोरङको ग्रामथान गाउँपालिका–४ मा बस्दै आएको प्रहरीको भनाई छ।

परिवारबाट खुसी नपाएको अनुभव बोकेका दुवै पीडितको कुरा मिल्न थालेपछि एक वर्षअघि नै उनीहरुले भागेर भारत जाने असफल प्रयास गरेका थिए। तर, माईती नेपालको टोलीले गत १३ असारमा उनीहरुलाई जोगबनी नाकाबाट पक्राउ गरी परिवारको जिम्मा लगायो। यद्यपी ज्ञानमति र धिरेनको प्रेम अझै झांगिदै गयो। उनीहरु एक हुने प्रयासमा लागि रहे।

तर, विनोदको परिवार उनीहरुको प्रेममा भिलेन वन्यो। त्यसैले ज्ञानमतीलाई पाउन धिरेनले विनोद नामको काँडो पन्साउन खोजे। विनोदको परिवारका कोही न कोहीलाई सिद्याउने योजना बनाएर उनी बाराबाट पथरी आएको खुलेको छ।

घट्ना भएको दिन दिउँसो उनी लामाटोलीस्थित विनोदको होटलमै गएर ज्ञानमतिको हातबाट चाउमिन खाएर हिडेको र त्यसपछि विनोद वा उनकी श्रीमती विनिता जो भेटे पनि सिध्याउँछु भनेर रुँघेर बसेको प्रहरी अनुशन्धानबाट खुलेको छ।

राती महिलाजस्तो मानिस ट्वाइलेटबाट निस्किएको देखेपछि आफुले छपाछप छप्काएर भागेको उनले प्रहरीलाई बताएका छन्। उनी ज्ञानमति नभई विनितालाई मारेको भ्रममा रहेको पाईएको छ।

र, यो पनि

घाँटी काटेर हत्या गरिएकी १५ वर्षिय किशोरीका प्रेमी पक्राउ, हत्या गरेको स्विकार
मोरङमा टाउको काटेर बालिकाको हत्या, हत्यारा पत्ता लागेन
पारिवारिक विखण्डनको मारमा शालिन: उनको मृत्युमा यसरी जोडियो ‘करेन्ट चाउचाउ’
शालीन पोखरेलको पोष्टमार्टम रिपोर्टले देखाएन बलात्कार
१० वर्षदेखि ममताविहिन शालिनः बुबा कान्छी ल्याएर काठमाडौ पसे, आमा पाकिस्तानीसँग दुवई
अनुशन्धान चलिरहेकै वेला चितवन प्याब्सनको दावी– शालिनको मृत्युमा शिक्षकको हात छैन
विद्यालयको होस्टलमा बसेकी बालिका मृत फेला, बलात्कार गरी हत्या गरेको आशंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *